प्रारम्भ खबर ।
फागुन ५, काठमाडौं । बौद्ध क्षेत्र विकास कोष समितिको अध्यक्षमा सरकारले बौद्धवासी चन्द्र लामालाई नियुक्त गरेको छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यान मन्त्रालय अन्र्तग पर्ने सो क्षेत्र विकास समितिमा विहिबार बसेको मन्त्रालयको बैठकको निर्णयबाट तत्कालिन समिति खारेज गरी नयाँ कार्य समिति नियुक्ति गरेका हुन् ।
पटक–पटक समितिमा विवाद देखिएको र समितिले काम गर्न नसकिएको भन्दै मन्त्रालयले अध्यक्ष राजकुमार लामा सहित समितिलाई स्पष्टिकरण समेत मागेको मान्त्रालय स्रोतले जानकाएको छ । त्यस्तै नवनियुक्ति अध्यक्षसंगै ७ जनाको कार्यसमिति पनि मन्त्रालयबाटै नियुक्ति गरिएको छ । उक्त समितिमा आन्तरिक किचलोका कारण कार्यकारिणी निर्देशकको समेत अभाव खड्किएकोले बेला बसन्त लामालाई नियुक्ति गरिएको छ । त्यस्तै कार्य समितिका सदस्यहरुमा माया डोल्मा लामा, मजिन्द्र सिंह लामा, कुमार लामा, मोहन कुमार लामा र निमि टेण्डी सेर्पालाई चयन गरिएको छ । उक्त नव नियुक्त समितिलाई शनिवार बौद्धबासीले बधाई तथा शुभ कामना कार्यक्रमसहित राखिएका थिए ।

बधाई कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं पूर्व अर्थ राज्यमन्त्री डा.लार्क्याल लामा, जापानका लागि पूर्व राजदूत डा. गणेश योन्जन, बौद्दनाथ क्षेत्र विकास समितिक पुर्ब अध्यक्ष सम्पुर्ण कुमार लामा र दिलिप लामा, पूर्व वडा अध्यक्ष नेपालजीत लामा, सामुदायिक सेवा समितिका अध्यक्ष देव कुमार लामा, बौद्दनाथ क्षेत्र विकासका पूर्व कार्यकारिणी निर्देशक निमा सेर्पा लगायत बौद्धका स्थानीय संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
नवनियुक्त अध्यक्ष चन्द्रमान लामाले पहिलो बैठकबाट बौद्द सरसफाई एवं बौद्द गेटमा रंग लगाउने निर्णय पारित गर्दै क्षेत्र विकास समितिका कर्मचारीहरुसंग परिचायात्मक कार्यक्रम गरी कर्मचारीहरुलाई ईमानदारीकासाथ आ–आफ्नो कर्तव्य पुरा गर्न निर्देशन दिईएको थियो ।

