बार्सिलोनाको संघर्षपूर्ण जित

फागुन ५, काठमाडाैँ । ला लिगाअन्तगर्त गएराति भएको खेलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ ।

अंक-तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १५ औं स्थानमा रहेको रियल भालाडोडिलाई १-० ले पराजित गरेको हो । ४३ औं मिनेटमा पाएको पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनाले जित निकालेको हो । दुई पेनाल्टी पाएपनि एक पेनाल्टीमा गोल हुन सकेको थिएन ।

पहिलो हाफमा अग्रता बनाएको बार्सिलोनाले दोश्रो हाफमा पनि गोलका लागि महत्वपूर्ण अवसर पाएपनि गोल भने गर्न सकेको थिएन । जितसँगै अंकतालिकामा ५४ अंकसहित बार्सिलोना शीर्ष स्थानमा यथावत छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.