दाउरा नलाने विद्यार्थीले निःशुल्क दिवा खाजा नपाउने

फागुन ५, बाजुरा । गौमुल गाउँपालिका–५ स्थित जीवनज्योति आधारभूत विद्यालयमा तीन कक्षामा पढ्ने प्रविता बोहराका चार दिदीभाइ दिवाखाजाका लागि दाउरा बोकेर विद्यालय जाँदै ।

ग्रामीण क्षेत्रका गरिब परिवारका बालबालिकालाई लक्षित गरी सरकारले आधारभूत तहमा निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ । विपन्न बालबालिकालाई विद्यालयमा आकर्षण गर्न सरकारले विश्व खाद्य परियोजनाको सहयोगमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो । तर, बाजुराका आधारभूत तहका विद्यार्थी भने विद्यालयमा दाउरा नलगे सरकारी दिवा खाजाबाटै वञ्चित हुने गरेका छन् ।

विद्यालयहरूले सरकारले खाद्यान्न दिए पनि पकाउने इन्धन नभएका कारण विद्यार्थीलाई दाउरा बोकाउनु बाध्यता भएको जनाएका छन् । तर, दाउरा ल्याउन नसक्ने विद्यार्थीलाई खाजा नै नदिएर विद्यालयले साना केटाकेटीमाथि यातना दिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.