भक्तपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

फागुन ३, भक्तपुर । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ४३१७ नं को ट्रकले आज ठक्कर दिँदा सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ६२ वर्षीय मिथिलेशप्रसाद उपाध्यायको मृत्यु भएको छ ।

मध्यपुरथिमिको चारदोबाटोमा बाटो काट्दै गर्दा ट्रकले ठक्कर दिँटदा उहाँको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । ठक्कर दिई फरार भएको ट्रकलाई प्रहरीले सल्लाघारीस्थित सृजनानगरबाट नियन्त्रणमा लिए पनि चालक भने फरार छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.