नुवाकोटबाट जन्ती फर्किदै गरेको बस दुर्घटना: पाँच जना घाइते

फागुन १, नुवाकोट । जिल्लाको शिवपुरी गाउँपालिका वडा न ८ थानपतिमा बुधबार साँझ बस दुर्घटना भएको छ ।

बस दुर्घटना हुदाँ पाँच जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अबस्था गम्भीर रहेको प्रहरी चौकी छहरेले जनाएको छ । काठमाडौ बालकुमारीबाट नुवाकोटको दुप्चेश्वर गाँउपालिका–५ मा जन्ती गएर फर्कदै गरेको बा. २ ख २३८६ नं. बस साँझ ७ः३० बजेतिर दुर्घटनामा घाइते भएकालाई उद्धार गरी उपचारको लागी काठमाडौतर्फ पु¥याएको स्थानिय विशेष थपलियाले जानकारी दिए । अध्यारोमा घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको बस करीब ३० मिटर तल पुगेको छ । दुर्घटना पश्चात उद्धारको लागी स्थानीयबासी, प्रहरी चौकी छहरे र गुज्रेको टोली खटिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.