गर्लफ्रेण्डको बिषयमा झगडा हुँदा १४ वर्षीय बालकको घाँटी रेटी हत्या

फागुन १, पोखरा । पोखरामा सोमबार राति करिब १० बजे केटीको विषयमा १४ वर्षीय बालकको उनकै साथीबाट घाँटी रेटी हत्या भएको छ । उनको पर्वतका वेनिका काले भनिने २१ वर्षीय कुमार गर्बुजाले हत्या गरेका हुन । उनीहरु एक अर्कामा मिल्ने साथीको भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिएका छन ।

उनीहरुबीच केटीको विषयमा झगडा हुँदा कुमारले घाँटी रेटी हत्या साथीको हत्या गरेका हुन । डल्ली भनिने सुनिता गुरुङ र सचिन बोल्ने क्रममा विवाह गर्ने कुरा सुनेपछि आफ्नो गर्लफ्रेण्डलाई विवाह गर्न लागेको कुरामा विवाद हुँदा सचिनले पहिला कुमारको खुट्टामा चक्कु प्रहार गरेको रानाले जानकारी दिएका छन । सोही चक्कुले पछि सचिनलाई घोप्टो पारी हत्या गरेको कुमारले बताएका छन ।

सचिनको हत्या आफूले गरेको उनले स्वीकारेका छन । उनले सचिनको पेट र ढाडमा समेत प्रहार गरेको थिए । यो खबर नेपाल समाचारपत्रले लेखेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.