सिन्दुर काण्डले फेरी चर्चामा राखी

माघ २९, एजेन्सी । अनाबश्यक भाउभंगी र हर्कतले बेला बेला विवादमा आईरहने भारतीय अभिनेत्री राखी सावन्त यतिबेला सिन्दुर काण्डको कारण चर्चामा आएकी छिन ।केही न केही कुरालाई लिएर चर्चामा आउन रुचाउने कारण उनलाई ड्रामा क्विन भनेर सम्बोधन पनि गरिन्छ ।

राखी यसपटक चर्चामा आउनुको कारण भने हालै उनले भारतको उत्तर प्रदेशमा रहेको प्रयागराजमा चलिरहेको कुम्भ मेलामा स्नान गर्दा लगाएको सिन्दुरको कारण हो । उक्त समय उनी सोह्र शृंगारका साथमा सिन्दुर लगाएर मेलामा गएकी थीन्। मानिसहरूले देखेपछि सबैजना चकित परे कारण उनी अविवाहित हुन ।राखीले सामाजिक सञ्जालमा राखेको उक्त फोटोमाथि धेरैले प्रतिक्रियाहरु दिंदै कहिले विवाह गर्यौ भन्ने प्रश्न गर्न थालेका छन्।साथै कतिपयले अविवाहित भैकन सिउँदोमा सिन्दुर लगाएको भन्दै राखीले हिन्दु सामाजिक परम्पराको खिल्ली उँडाएको प्रतिक्रिया दिएका छन ।

राखीले भने आफु अहिलेसम्म अविवाहित भएको तर मेलाको लागि सजिएको र परम्परागत भेषमा प्रार्थनाका लागि गएको बताएकी छिन्।उनले आफुलाई धेरै रिस उठ्ने र रिस कम होस भन्ने प्रार्थना गर्न भगवानसँग प्रार्थना गर्न गंगा मातासमक्ष पुगेको पनि बताएकी छिन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.