माघ २९, काठमाडौँ । काम गर्ने कार्यातालिका नमिल्दा वा कामको बोझको कारण कतिपय व्यक्तिलाई कार्यालयमा धेरै नै तनाव हुने गर्दछ । जसको कारण कार्यसम्पादनमा नै समस्या दखिन सक्छ । प्राय मानिसहरु कार्यालयमा तनावमा बसेका हुन्छन । कसैलाई त यत्ति सम्म हुन्छ कि कामको प्रेसरले उनीहरुले मुस्कुराउन विर्सिन्छन ।
रिसमात्र उठ्न थाल्ने समेत हुन्छ । कार्यालयमा कहिले काहीँ कामको लोडले गर्दा तनाव व्यवस्थापन गर्न साह्रै कठिनाई आउन सक्छ त्यस्तो अवस्थामा आफुले चलाखी अपनाएर वा तनाव व्यवस्थापन गरेर काम गर्न नसकेमा व्यक्ति स्वंयम र कम्पनीलाई पनि ठुलो नोक्सान पुग्न सक्छ । साथै व्यक्तिको करियरमा सकेत समस्या उत्पन्न हुनसक्छ ।
– कार्यालयमा हुने कर्मचारीको तनाव व्यवस्थापनका लागि सेमिनार वा वर्कसपजस्ता क्रियाकलाप गरिराख्नुपर्छ ।
– कार्य क्षेत्र र निजी जीवनबीच सन्तुलन
– परिस्थितिलाई बढ्ता अनुमान नगरेकै राम्रो हुन्छ । हरेक कुरामा हामी चाहिनेभन्दा बढी चिन्तित हुने गर्छौं । सबै चिन्ताले मूर्त रूप पाउँदैनन । बरु समस्याको सहज समाधान खोज्नुपर्छ ।
– तनावको मुख्य कारण थाहा पाउनुपर्छ । बरु एउटा छुट्टै डायरी नै बनाएर तनाव दिने विषयहरू नोट गर्दा उचित हुन्छ । त्यस्ता विषयको लेखाजोखा गर्ने अभ्यासले प्रतिकूल घटनाबाट टाढा रहन सक्ने क्षमता दिलाउँछ । कठोर परिस्थिति स्विकार्दै व्यवस्थापन गर्ने कला सिकाउँछ ।
– काम गर्ने राम्रो वातावरण तयार गर्नुपर्छ । कामका लागि उचित वातावरण नभए केही गर्ने उत्साह नै मनमा पलाउँदैन । यसमा टिम वर्क पनि महत्वपूर्ण हुन्छ ।
– समय–समयमा आफूले गरिरहेको कामको मूल्यांकन पनि गर्नुपर्छ । यसले सोचेको जस्तो प्रतिफल दिलाउँछ ।
– कार्यालयमा रिफ्रेसमेन्ट ब्रेकको समय छुट्याउने ।
– तनावको वातावरण सिर्जना हुनासाथ गहिरो श्वास लिने र केही समयपछि छोड्ने । यस्तो क्रियाकलाप दोहो(याइरहने ।
– मनमा तनावका कुरा खेल्नासाथ ध्यानलाई अरूतिर मोड्ने ।
– समूहमा काम गर्ने र एकले अर्कालाई सहयोगको बानी विकास गर्ने ।
– केही कुराले तनाव बढीरहेको छ भने चिसो पानी खाने ।
– कार्यालयको वातावरण शान्तिमैत्री बनाउने ।
– आफुलाई शान्ति मिल्ने सामान अगाडी राख्दा पनि तनाव कम हुन्छ ।
– तनाव गराउने चिजहरुलाई मनबाट हटाईहाल्ने ।
– योग, ध्यान, प्राणायामलाई आफ्नो दैनिकीसँग जोड्ने ।
– स्वीकार गर्ने कलाको विकास गर्ने ।

