जिल्ला अस्पतालमा ३ महिनादेखि नर्स अभाव, प्रसुती सेवा प्रभावित

माघ २९, बैतडी । बैतडी जिल्ला अस्पताल तीन महिनादेखि नर्सबिहिन बनेपछि प्रसुती सेवा प्रभावित बनेको छ ।जिल्लाका सुत्केरी गराउन आउने विशेष तथा जटिल परिस्थितिका महिलाहरुलाई उपचारको लागि तालिम प्राप्त नर्सकाे आबश्यकता पर्नेेमा अस्पतालमा एक जना पनि नर्स नहुँदा प्रसुती सेवा दिन गाह्रो परेको छ ।

जिल्ला अस्पतालमा चार जना स्टाफ नर्सको दरबन्दी भएको तर उनीहरु सरुवा भएर अन्यत्रै गएपछि अस्पताल नर्स विहिन भएको हो ।अस्पतालमा हालसम्म खाली दरबन्दीमा नयाँ पदपूर्ती भइसकेको छैन । बैतडी जिल्ला अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले चालु आवमा नमूना अस्पताल बनाउने योजना अघि सारिरहँदा अस्पतालमा अत्याबश्यक नर्स नहुँदा योजना प्रभावकारी हुनेमा शंका उत्पन्न भएको छ । अस्पताल प्रमुखका अनुसार अस्पतालमा सुत्केरी सेवा उपलब्ध भएपनि नर्स नहुँदा अल्ट्रासाउण्ड र अपरेशन सेवा प्रभावित बनेको छ ।हाल अस्पतालमा नर्सको ठाउँमा अनमीले काम गरिरहेका छन तर स्टाफ नर्सहरुलाई जानकारी भएको टेक्नीकल ज्ञान अनमीमा पर्याप्त नहुने प्रमुख बताउँछन ।

कर्मचारी समायोजन प्रक्रिया पश्चात स्टाफ नर्स आउनसक्ने बताइएपनि त्यसको लागि धेरै समय कुर्नपर्ने देखिन्छ ।त्यस्तै अस्पतालमा तीन जना डाक्टरको दरबन्दी भएपनि एक जनाकै भरमा अस्पताल चलिरहेको छ । आफु अस्पतालमा नहुँदा सुत्केरी गराउन आउने महिलाहरुलाई फर्काउन पर्ने बाध्यता रहेको अस्पताल प्रमुख बताउँछन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.