‘प्राविधिक शिक्षा प्राथमिकतामा’

माघ २८, दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित पवित्रा माविको ६१औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले प्राविधिक शिक्षाले मात्रै शैक्षिक बेरोजगारीको अन्त्य हुने भएकाले प्राविधिक शिक्षालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले तनहँुको शुक्लागण्डकी नगरपालिकामा प्राविधिक विश्वविद्यालय स्थापनाको तयारी भइरहेकोे जानकारी गराउनुभयो । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले राजनीतिकरणबाट मुक्त भएको अनुसन्धानमूलक शिक्षा दिने विश्वविद्यालय स्थापनाको परिकल्पना गरेको उल्लेख गर्दै विश्वविद्यालय स्थापनाका लागि जग्गाको समेत पहिचान भइसकेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले युवाशक्तिलाई देशभित्रै रोजगारीको सिर्जना गर्नका लागिसमेत प्राविधिक शिक्षा आवश्यक रहेकामा जोड दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.