आइसिसी वरियतामा कप्तान पारसको छलाङ्

माघ २८, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टि–२० वरियतामा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले छलाङ् मारेका छन्।

आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार पारस पहिलो पटक टि–२० को अलराउण्डर वरियताको शीर्ष ४० भित्र परेका हुन्। पारसले ७६ रेटिङ प्वाइन्ट पाएका छन्। जुन उनले करिअरमा पाएको सर्वाधिक उच्च प्वाइन्ट समेत हो। टि(२० को ब्याटिङ वरियतामा भने पारस ९०‍औं स्थानमा छन्।

वलिङ वरियतामा नेपालका तीव्रगतिका बलर सोमपाल कामी ७०औं र बसन्त रेग्मी ७१औं स्थानमा छन्। सोमपालले पनि यसपटक करिअरको उच्च ४०९ प्वाइन्ट पाएका हुन्। अघिल्लो सातामात्रै पारसको कप्तानीमा रहेको नेपाली टोलीले यूएईविरुद्धको टि–२० अन्तर्राष्ट्रिय शृंखला जितेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.