सिजनको पहिलो अर्धसतक अमित श्रेष्ठ बाट काठमाडौं लाई १३२ रनको लक्ष

माघ २८, काठमाडौं । धनगढी प्रिमियर लिग आजबाट सुरु भएको छ । जसमा आजको पहिलो खेलमा काठमाडौं किंग्स र धनगढी स्टार्स विच प्रतिस्पर्धा भइरहेको छ ।

धनगढीको फाप्ला मैदानमा काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले पिचको कन्डिसन हेरेर पहिले बलिङको निर्णय गरेको हो । टस हारेर पहिला ब्याटिङ्को निम्तो पाएका धनगढी स्टार्सले निर्धारीत २० ओबरमा ५ विकेट गुमाएर १३२ रन जोडेको छ । ओपनिङ ब्याट्सम्यान सुनिल धमला र रोहन मुस्ताफ सस्तैमा आउट हुदा तेस्पछिका ब्याट्सम्यान केहि समालिदा टिमले १३२ रन पुरागरेको हो । जस्मा यो सिजनको पहिलो अर्धसतक अमित श्रेष्ठ गरेका छन । भने अन्तिममा सौरव खनाल ले मत्र १० बलमा २५ रन जोडेको थियो ।

अबको केहि समयमा काठमाडौं किंग्सले जबाफि ब्याटिङ गर्नेछन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.