अविवाहित महिलालाई पनि भत्ता

माघ २७, काठमाडौं । पनौती नगरपालिकाले संघीय सरकारद्वारा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाले यस योजनअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित, सम्बन्धविच्छेद भएका र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलालाई लाभग्राहीका रुपमा समेटिएको छ ।

तेस्रो नगरसभाबाट नीतिगत निर्णय भएको विशेष सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि नगर कार्यपालिकाले कार्यविधि बनाइसकेको छ ।

कार्यविधिले संघीय सरकारको सामाजिक सुरक्षा योजनामा समेटिने अवधि (६०वर्ष नपुगुन्जेल) सम्मका लागि ३५ वर्ष पुरा भएका अविवाहित महिलालाई विशेष योजनाको लाभग्राही मान्दै सो उमेरमा पुगेपछि स्वतः संघीय योजनामा सहभागी हुने भनेको छ । –नागरिक दैनिकबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.