आइतबारदेखि पत्रकार महासंघले अनुगमन थाल्ने

माघ २६, काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवि पत्रकार ऐन अनुसार पारिश्रमिक लागु भए नभएको बारे आइतबार देखी अनुगमन थाल्ने भएको छ ।

पत्रकार महासघ केन्द्रीय कार्यालले आइतबार देखि उपत्याकामा संञ्चालित संञ्चारगृह तथा प्रतिष्ठानहरुको अनुगमन गर्ने भएको हो । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले निर्धारण गरेको नयाँ पारिश्रमिक अनुसार ‘पत्रकारको आधारभूत तलब २४ हजार ५ सय रुपैयाँ हुनुपर्ने लागु भएको हनुपर्ने महासंघले जनाएको छ । अनुगमनका क्रममा पत्रकार ऐन अनुसार पारिश्रमिक नदिएको भेटिएमा त्यस्था संञ्चार गृह बिरुद्ध आन्दोलन थाल्ने पत्रकार महासघका केन्द्रिय महासचिव रमेश विष्टले जनाएका छन् । महासंघको उपत्याका सम्पन्न बैठकबाट सात वटै प्रदेश र स्थानीय तहले जारी गरेका आमसञ्चार नीति र संसदमा प्रस्तुत गरेका ऐनमा प्रेस स्वतन्त्रता सङ्कुचन गर्ने प्रावधान रहेकाले त्यसलाई तत्काल सच्याउन समेत माग गर्ने निर्णय गरेको छ।

महासंघले आगामी फागुन ९ र १० गते पोखरामा हुने केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्नुका साथै शनिबार देखि फागुन ५ गतेसम्म ‘प्रेस स्वतन्त्रता मिसन’ सञ्चालन गर्ने निर्णय गरेको महासचिव विष्टले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.