माघ २६, बनियानी । झापामा यसवर्ष एक हजार छ सय हेक्टरमा चैते धानखेती विस्तार गरिने भएको छ । ‘चैते धान विशेष सहयोग कार्यक्रम’ अन्तर्गत झापाका आठ स्थानीय तहको एक हजार ६०० हेक्टरमा चैते धानखेती विस्तार गर्न लागिएको कृषि ज्ञान केन्द्र झापा निमित्त कार्यालय प्रमुख शालिकराम भट्टराईले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत चैते धानको क्षेत्र विस्तार र उत्पादकत्व वृद्धि गर्नका लागि कृषकलाई रु एक करोड ६० लाख अनुदान उपलब्ध गराइने उनले बताए । ५.१ प्रतिशत रहेको हालको उत्पादकत्वलाई वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत झापाका आठ स्थानीय तहमा २२ वटा क्लस्टर निर्माण गरिने भएको छ । जिल्लाको कमल गाउँपालिका–१, गौरीगञ्ज–१ देखि ६, हल्दिबारी–४ र ५ मा एक÷एक वटा क्लस्टर र बुद्धशान्ति गाउँपालिका–१, ३ र ५ मा दुईवटा क्लस्टर निर्माण गरिने भएको छ ।
त्यस्तै, शिवसताक्षी–१, २ र ३ मा तीन, अर्जुनधारा–४ र दमक–१० मा एक÷एक तथा गौरादह नगरपालिका–९ मा नौ क्लस्टर निर्माण गरिने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । ‘कार्यक्रममा सहभागी हुन इच्छुक कृषि सहकारी, कृषक समूह, व्यावसायिक कृषक उद्यमीलाई आह्वान गरिएको छ’, निमित्त प्रमुख भट्टराईले भने, “कृषि समूह, सहकारी र व्यावसायिक कृषकको छनोटपछि चाँडै कार्यक्रम लागु हुनेछ ।” त्यस्तै, झापाका तीन स्थानीय तहमा वर्षे धानबालीको उत्पादन सामग्री ९उन्नत बीउबिजन, कृषि चुन, झोलमल, सुक्ष्म खाद्यतत्व मल० लगायतको खरिदमा ५० प्रतिशत अनुदान प्रदान गरिएको छ । ‘उन्नत बीउबिजन उत्पादक सामग्रीमा सहयोग कार्यक्रम’ अन्तर्गत ५०÷५० प्रतिशत लागत सहभागितामा हल्दिबारी, झापा तथा गौरीगञ्ज गाउँपालिकाका कृषकलाई अनुदान उपलब्ध गराउन लागिएको कार्यालयले जनाएको छ । रासस

