माघ २५, काठमाडौं । बुद्ध भजनबाट सांगीतिक यात्रा सुरु गरेकी गायिका बसन्ती लामाले पछिल्लो समयमा सेलो, लोक आधुनिक तथा पप गीतमा समेत आफ्नो प्रस्तुती सहितको संगीतिक एल्बमहरु निकाल्दै आएकी छिन् ।
विभिन्न गीत संगीतमा काम गर्दै आएकी गायिका लामा निकै मिहिनेतीका साथ संगीत क्षेत्रलाई नै कर्म बनाउदै आएकी छिन । अहिले उनी चलचित्रहरुमा समेत आफ्नो स्वर दिदै आएकी बताउछिन् । पछिल्लो समयमा बिल्कुलै फरक डान्सिङ नम्बर वानका गीतहरु पनि गाउन थालेकी छिन् । तीनै गायिका बसन्ती लामाले भरखरै नक्कली कान्छी मन भुल्यो गीत सहित म्युजिक भिडियो पनि सार्वजनिक गरेकी छिन् । उक्त गीतमा गायिका लामा र गायक तथा संगीतकार बाबुल गिरीको संयुक्त स्वर रहेको पाईन्छ । तीनै गीतमा लय, संगीत तथा सम्पादन बाबुल गिरी आफैले गरेका छन् ।
बरुण तामाङ र विशाल लिम्बुको कोरियोग्राफी रहेको सो म्युजिक भिडियोमा बरुण र निसा पाण्डे, विशाल र शोफिया तामाङ, उमंग तामाङ र श्रुति तामाङले जोडि अभिनय रहेको छ । भिडियो छायांकन तथा सम्पादन नविन धितालले गरेका छन् भने कलाकार सिंगार निसा र उमंगले गरेका हुन् ।

