प्रतिपक्ष गैरजिम्मेवार बनेको सत्तापक्षको आरोप

माघ २४, रुपन्देही । कार्यसूचीमै नभएको विषयमा काङ्ग्रेसले प्रदेश न. ५ प्रदेशसभाको बैठक अवरुद्ध गरेको भन्दै सत्तापक्षका सदस्यहरुले विरोध गरेका छन् ।

यसअघि मङ्गलबार बसेको बैठक काङ्ग्रेसका प्रदेशसभा सदस्यहरुको अवरोधका कारण स्थगन भएपछि प्रदेशसभाको आजको बैठकमा यो विषयले प्रवेश पाएको हो । बैठकको विशेष समयमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले प्रतिपक्ष गैरजिम्मेवार बनेको आरोप लगाउनुभयो । “प्रतिपक्ष गैरजिम्मेवार बन्यो, सदनमा के बोल्ने के नबोल्ने भन्ने विषयमा हेक्का हुनुपर्छ”, उहाँले भन्नुभयो, “सदन र सभामुखको गरिमालाई बचाऊँ । ” सदस्य खरेलले सदनमै अमर्यादित भाषा प्रयोग गरेर नाराबाजी गरेर काङ्ग्रेसले सभाको मर्यादामा आँच आउने काम गरेको टिप्पणी गर्नुभयो । उहाँले प्रदेशभित्रका विषय मात्रै सदनमा उठाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “कहिले डा गोविन्द केसीका नाममा कहिले कार्यसूचीमै नभएको विषयमा सदन अवरुद्ध हुनु राम्रो होइन ।”

यसअघि मङ्गलबार बसेको बैठक कार्यसूचीमै नभएको विषयलाई लिएर प्रतिपक्षी दलका सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए । प्रदेश राजधानीको टुङ्गो लगाउन बनेको विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्लाबाट सदस्य थप गर्ने चलखेल भएको भन्दै प्रतिपक्षी दल काङ्ग्रेसका सदस्यहरुले बैठकमा विरोध गरेका थिए । बैठकमा प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले सहमतिमा अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “बहुमतमा सरकार बनाउने हो, सहमतिमा सरकार चलाउनुपर्छ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.