माघ २१, जाजरकोट । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी जारकोटको जिल्ला कमिटी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेलाको अवसरमा नयाँ शक्ति नेपालको जिल्ला कमिटी नेकपामा समाहित भएको हो ।
कुशे गाउँपालिका स्तरिय नेकपाको अगुवा कार्यकर्ता भेला कुशेको मुकाम थर्पुमा भएको विशेष भेलाले नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला कमिटी अध्यक्ष मेहन्द्र शर्मा सहितको कमिटीलाई नेकपामा समाहित गरेको हो । शर्मालाई नेकपा केन्द्रिय सदस्य निरज आचार्य, नेकपा कर्णाली प्रदेश कमिटि सदस्य तथा प्रदेश सांसद करबीर शाही, कर्णाली प्रदेश कमिटी सदस्य तथा तत्कालिन नेकपा माओवादीका जिल्ला अध्यक्ष ढकबीर राना,प्रदेश सदस्य हरिभक्त नेपाली, नेकपा कार्यालय सचिव जित बहादुर थापा लगायतले नयाँ शक्ति पार्टीका जिल्ला कमिटीका पदाधिकारीलाई स्वागत गरेका थिए ।
साथै दलीत जनजाती पार्टीकी समानुपातिक उम्मेद्वार पवित्रा चदारा, नेपाली काङ्ग्रेसका राजेन्द्र हमाल र हृद राम जैसीले पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन् । नव प्रवेसी नेता तथा कार्यकतालाई शुक्रबार विशेष कार्यक्रमको आयोजना गरि स्वागत गरिने नेकपा केन्द्रिय सदस्य निरज आचार्यले नेपालपाटी डटकमलाई जानकारी दिएका छन् ।

