चितुवाको छालासहित दुई पक्राउ

माघ २४, काठमाडौं। काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रे भकुण्डेबेँसी घर भएका १६ वर्षीय इन्द्रकुमार तामाङ र १७ वर्षीय राजकुमार तामाङलाई टाटे चितुवाको छालासहित बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कोटेश्वरस्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चितुवाको छाला फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.