आज देशभरका शैक्षिक संस्था ठप्प

माघ २४, काठमाडौं । आज देशभरका शैक्षिक संस्था ठप्प भएका छन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले आज देशभरिका शिक्षण संस्था बन्द गराएको हो । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा क्रान्तिकारीले स्कुल र कलेज बन्द आह्वान गरेको हो।अखिल क्रान्तिकारीको बन्दले राजधानीसहित देशभरका निजी तथा सरकारी शिक्षणसंस्था प्रभावित भएका छन्।

माघ १७ गते विप्लव माओवादीको विद्यार्थी विभाग हेरिरहेका नेता नरेन्द्र विश्वकर्मा मोरङबाट पक्राउ परेका थिए । सुनसरीमा जिल्ला भेला गरेर काठमाडौं फर्कने क्रममा विश्वकर्मालाई प्रहरीले तीन राउन्ड गोलीसहित पक्राउ गरेको हो । उनी विराटनगर विमानस्थलबाट चाइनिज पेस्तोलको तीन राउन्ड गोलीसहित पक्राउ परेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.