बौद्ध स्तूप रातको ८ बज्दा यस्तो देखियो: हेर्नुस ५ तस्वीरहरु

माघ २२, काठमाडौं ।  झमक्क साँझ पर्दै थियो अचानक हाम्रो टोली बौद्ध परिसरमा रम्न थाल्यौं। त्यति नै खेर हाम्रो साथमा रहेको क्यामेराले केही दृश्य कैद गर्नै व्यस्त बनाईयौं । परिक्रम गर्दै विभिन्न कोणबाट दृश्य कैद गर्न तिर लागे पत्रकार विक्रम श्रेष्ठ । उनले केही दृश्य कैद गर्दै गर्दा म (भिम) अनि पत्रकार दिनेश गौतम भने चना, बदम र मकै खाँदै गाफिन थाल्यौं ।

केही क्षणमै अर्का पत्रकार नवराज कुँवर आईपुग्यो त्यसपछि हाम्रो टोली स्तुप परिक्रम गर्दै गर्दा पूर्व सांसददेखि न्यायाधिशसम्मको भेट अनि रमाईलो कुराकानी चल्यो । सोलुखुम्बुका पूर्व सांसद आङदावा शेर्पासंग महिला आन्दोलन र समसमायिक विषयमा बहस चल्यो त्यसपछि कफी पिउँदै गर्दा रातको ९ बजेको पत्तै लागेन । परिक्रमकै क्रममा न्यायाधिस श्रीमान सपना मल्ला भेट भयौं । श्रीमानसंग अभिवादन गर्दै पुनः केही दृश्यहरु कैद गर्नमै व्यस्था भयो ।

विदेशी तथा स्वदेशीहरु परिसरमा बत्ति बाल्दै

 

बौद्ध क्षेत्र आफैमा शान्ति र एक धार्मिक पवित्र स्थल हो । जहाँ हाम्रो बसाई र भेटघाटको महोलले छुट्टै आनन्द मिलेको थियो । विश्व सम्पदाको सूचीमा सूचिकृत त्यस बौद्ध क्षेत्रमा विश्वका पर्यटकहरु आउने गर्दछन् । विशेष गरी बौद्धमार्गीहरु विहान ३ बजेदेखि परिक्रम गर्न आउने गर्दछन् । त्यस्तै बेलुका ९ बजेसम्म त्यतिकै संख्यमा कोरा गर्न आउँछन् ।

तीनै स्थान पछिल्लो समयमा केही विवादका वातावरण बनिरहेको छ । बौद्ध क्षेत्र विकास कोष समिति र बौद्ध घ्याङ गुठीबीच विवाद देखाएर धार्मिक क्षेत्रमा राजनीतिकरण समेत हुन थालेको छ । स्तुप परिसरको निर्माण तथा व्यवस्थापन लगायत मर्मतका अधिकार पाएका क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा भने अन्य संघसंस्थाहरुलाई समेत संयोजन गर्दै गुठीका पुजारी लामा हटाउन तम्सिएको छ ।

त्यस्तै गुठीका पुजारी तथा अध्यक्ष भुपति बज्र लामा पनि गुठी संस्थानको प्रधान कार्यालयबाट अध्यक्ष भएर आएको बताउँदै आएका छन् । तर विकास समिति र अध्यक्ष नै हटाउनुपर्छ भन्दै आईरहेको छ । तीनै दुई संस्थाका अध्यक्ष नेपाल राज्यका अधिकारिक पदमा कानुनी प्रक्रियबाटै आएको बताउँदै आए पनि काम कर्तव्य र अधिकारमा भने दुवै अध्यक्ष चुकेको हो कि भन्ने केही विश्लेषकहरु बताउँछन् ।  उक्त विवादलाई समयमै समाधान गरिएन भने त्यसको नकारात्मक असर बौद्ध धर्मलम्बी तथा सिंगो देशलाई पर्न जानेछ, सम्बन्धित निकाय त्यस विषयमा मौन बस्न कदापी पाउने छैन् । जनप्रतिनिधि र सम्बन्धित निकाय निष्पक्ष रुपमा समाधानको निकासा दिने हो कि ?

बौद्ध अवलोकन तथा छलफलपछि कफि पिउँदै हाम्रो टोली

तस्बीरः विक्रम श्रेष्ठ

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.