क्रिकेट टोलीलाई सभापति देउवाको बधाई

माघ २१, काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले युएइविरुद्ध एकदिवसीय र टी २० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाली क्रिकेट टोलीले पाएको सफलता र उच्चस्तरको प्रदर्शनले आफूलाई हर्षित बनाएको उल्लेख गर्नुभएको छ ।

उहाँले आज एक विज्ञप्तिमार्फत राष्ट्रिय गौरव अभिवृद्धि गर्ने नेपाली क्रिकेट टिमलाई बधाई ज्ञापन गर्दै क्रिकेट टिमले प्राप्त गरेको सफलताको काङ्ग्रेस कदर गर्दछ भन्नुभएको छ । आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा यस सफलताले नेपाली क्रिकेट खेलाडीलाई अझ उच्चस्तरको प्रदर्शन गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभापति देउवाले क्रिकेट खेल मैदानको स्तरोन्नति तथा खेलाडीको वृत्ति विकास एवं मनोबल उच्च राख्ने कार्यक्रम ल्याउन सरकारको समेत ध्यानाकृष्ट गराउनुभएको छ ।

अगामी हरेक अन्तर्राष्ट्रिय प्रतियोगिताका हरेक खेलमा नेपाली टिमलाई विजय प्राप्त हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँले सहभागी, खेलाडी, टिमका कप्तान र प्रशिक्षक सबैमा बधाई ज्ञापन गर्नुभएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.