झण्डै दुई महिनापछि नेकपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै

माघ २१, काठमाडौं । झण्डै दुई महिनापछि सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।

आज ९ शीर्ष नेता सम्मिलित बैठक बालुवाटारमा बस्न लागेको हो । गत मंसिर २२ गते चार शीर्ष नेता झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेपछि सचिवालयको बैठक बस्न सकेको छैन। त्यसबेला दुई अध्यक्ष र तीन सदस्यले केहीबेर छलफल गरी बैठक स्थगित गरिएको थियो।

पूर्व एमाले र माओवादी मिलेर जन्मेको नेकपा नेतृत्वको एकलौटी कार्यशैलीको विरोध मत्थर पार्न मंसिर २९ देखि पुस १३ सम्म स्थायी कमिटि बैठक डाकेर त्यसबारे छलफल गरे पनि त्यसका निर्णयहरु कार्यान्वयन हुन सकेका छैनन्। जेठ दुई गते पार्टी एकता घोषणापछि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले तीन महिनाभित्र पार्टीका सम्पूर्ण तहमा एकता गरिसक्ने प्रतिवद्धता जनाएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.