राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रममा महासमिति सदस्य योञ्जन छनोट

प्रारम्भ खबर ।
माघ २०, काठमाडौं । काठमाण्डौ स्थित लिडरशिप एकेडेमी र अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस  (University of San Diego, Kroc School & Kroc Institute for Peace and Justice (IPJ) को संयुक्त आयोजनामा सञ्चालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम (Nepali Emerging Leaders Program 2019) को दोस्रो शैक्षिक सत्रका लागि प्रदेश नम्बर ३ को जिल्ला काभ्रेपलाञ्चोकबाट नेपाली काँग्रेसका महासमिति सदस्य प्रमिला योञ्जन छनोट हुनुभएको छ ।

आफुलाई चयन गरेको प्रति खुशि व्यक्त गर्दै महासमिति सदस्य योञ्जनले युवाहरुमा नेतृत्व गर्ने आत्माविश्वास बढेको बताउनुभयो । उहाँले एक विज्ञप्ति जारी गर्दै युवा नेतृत्वमा प्रतिष्पर्धा गर्ने आत्माविश्वासको कमि रहेकोले यस्ता खालका कार्यक्रमहरुले आत्माविश्वासमा वृद्घि गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ् । महासमिति सदस्य योञ्जन युवा कार्यक्रमले अरुको विचार सुन्ने, अर्को क्षेत्रको ज्ञान हासिल गर्न बृहत र सकारात्मक सोचको विकास हुनुका साथै आरोप प्रत्यारोप मात्र होइन सहिलाई सहि र गलतलाई गलत भन्ने क्षमताको विकास हुने विज्ञप्तिमा उल्लेख गर्नुभएकोे छ ।

देशका जटिल तथा चुनौतिपूर्ण समस्या समाधानमा यस कार्यक्रमले तयार गरेका विशेष समुहको अहम् भुमिका हुन जान्छ । तर्सथ, यस समुहले स्थानीयदेखि राष्ट्रिय सरकार र सरोकारवालाहरुसँग सहकार्य गरी उदाहरणीय कार्य गर्ने विज्ञाप्तीमा उल्लेख छ । छनोटले विशेषज्ञ, राजनीतिज्ञ÷विज्ञको अनुभव, मार्गदर्शन, सहयोग तथा सिफारिसले युवा नेताहरुलाई छोटो समयमै मुलधारमा ल्याउन उत्प्रेरको काम गर्न सक्ने विश्वास रहेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । महासमिति सदस्य योञ्जन राजनीति र सामाजिक सेवाका साथै उहाँ खोज तथा अनुसन्धानको क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.