परराष्ट्र नीति असन्तुलित र अपरिपक्व: कमल थापा

माघ २०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अपरिपक्व र असन्तुलित परराष्ट्र नीति लिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले सरकारको अपरिपक्व परराष्ट्र नीतिका कारण मुलुक बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुने खतरा पनि औंल्याए ।  आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय कार्य समिति बैठकको उद्घाटन गर्दै उनले भेनेजुयलाको घटनाक्रमबारे नेपालको वक्तव्यले पनि सरकारले लिएको परराष्ट्र नीति असन्तुलित र अपरिपक्व भएको पुष्टि भएको दावी गरे ।

लुटतन्त्रलाई संरक्षण गर्ने काम सरकारबाटै भइरहेको अध्यक्ष थापाको आरोप छ । दुई दिनसम्म चल्ने पार्टी बैठकले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको भावी कार्यदिशा तय गर्नेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई एकतावद्ध बनाई राख्न पनि हिन्दू धर्म र संवैधानिक राजसंस्था पुनस्र्थापना गर्नुको विकल्प नरहेको तर्क गर्दैै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.