सुुदूरपश्चिम प्रदेशसभा बैठक : सरकारको ध्यानाकर्षण

माघ १८, धनगढी । सुदूरपश्चिमका प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीले चट्याङका कारण केही दिनअघि अछाम जिल्लामा मृत्यु भएका व्यक्तिको परिवारलाई उचित राहत दिन र घटनामा घाइते भएकाको उपचारमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकको शून्य समयमा सत्तापक्षकै अर्का सदस्य कुलवीर चौधरीले कञ्चनपुरको कलुवापुरदेखि बेलौरीसम्मको सडक मर्मत एवं निर्माणका साथै आरक्षपीडितको समस्या समाधानमा ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले डडेलधुराको रडुवाखोलामा केही हप्ताअघि भएको बस दुर्घटनामा परी घाइते भएकाको उपचारका लागि प्रदेश सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन गर्न र चट्याङका कारण मृत्यु भएका परिवारलाई राहत दिन माग गर्नुभयो ।

आजै आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रस्तुत गर्नुभएको प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले पारित गरेको छ । अर्को बैठक यही माघ २४ गते अपराह्न २ बजे बस्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.