‘दक्ष जनशक्ति लोक सेवामार्फत नियुक्त गरिने’

माघ १८, भद्रपुर । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति लोक सेवा आयोगमार्फत नियुक्ति गरिने बताउनुभएको छ ।

जिल्ला खेलकूद विकास समितिद्वारा आयोजित सुखानी शहीद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगिताको आज उदघाटन गर्दै उहाँले खेल क्षेत्र नजीककालाई जागिर दिने थलो बन्दै आएकाले अब खेल क्षेत्र व्यवस्थित बनाइने स्पष्ट गर्नुभयो ।

आफूले खेलकूद मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि कर्मचारी नियुक्ति हुँदै आएको स्मरण गर्दै मन्त्री विश्वकर्माले १० महीनायता नियुक्ति नदिइएको र अब प्रक्रिया पु¥याएर मात्र दिइने स्पष्ट पार्नुभयो । “कतिपय जिल्लामा खेल विधाका प्रशिक्षक नै छैनन्, अब दरबन्दी पनि सिर्जना गर्छौं,” उहाँले भन्नुभयो, “विधिसम्मत ढङ्गले कर्मचारीको बढुवा पनि गर्छौं ।”  उहाँले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअघि खेलसँग सम्बद्ध सङ्घबीचको विवाद टुङ्ग्याएर सङ्घलाई एक ढिक्का बनाइने र विभाजित सङ्घका खेलाडीलाई प्रतियोगितामा सामेल नगराइने बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.