बौद्ध परिसरमा विरोध प्रर्दशन, बौद्धकै बेइज्जत भएको स्थानीयको आरोप

प्रारम्भ खबर ।
माघ १७, काठमाडौं । बौद्ध परिसरभित्र शक्ति तथा विरोध प्रर्दशनले बौद्ध क्षेत्रकै बेईज्जत भएको स्थानीयहरुको आरोप छ ।  आज पत्रकार सम्मेलन गर्दै नारा जुलुस समेत गरेका बौद्ध बचाउ संघर्ष समितिले प्लेकार्ड सहित विरोध प्रर्दशनमा उत्रिएपछि केही आक्रोशीत स्थानीयहरुले बौद्ध क्षेत्रकै बदनाम हुने गतिविधि गरेकालाई सम्बन्धित निकायले छानविन गरी कारवाही गर्नुपर्ने माग गरेका छन् ।

बौद्ध धर्म र शान्तिपूर्ण क्षेत्रमा प्रहरी र विरोध प्रर्दशन गर्नेहरुको भीडले विदेशी पर्यटक समेत तर्सिएको स्थानीय आनन्द लामाले बताए । उनले  आ–आफ्नो स्वार्थ पूरा गर्नका लागि मात्र विरोध भएको उल्लेख गर्दै बौद्ध धर्म तथा परिसरलाई संरक्षण र सम्र्वद्धन गर्ने खालको नभएको आरोप गरे ।राजनीतिक दल र प्रहरी प्रशासन समेत आफ्नो पक्षमा पारेर बौद्ध विकास समति, घ्याङ गुठीले चलखेल गर्दै आएको उनको तर्क थियो । धार्मिक क्षेत्रलाई पैसा र राजनीतिकरण गर्न खोजिएको पनि उनको आरोप थियो । धार्मिक क्षेत्रमा राइफल बोकेर बस्दा दर्शन गर्न आउने वृद्धवृद्धाहरु र विदेशी पर्यटकहरु तर्सिएर मनोविज्ञान नै आउट हुने भन्दै संयुक्त राष्ट्र संघको निमयमै नभएको कार्य भईरहेको भन्दै त्यस प्रकारको गतिविधि तत्काल रोक्नु पर्ने लामाको भनाई थियो ।

बौद्धमा मनपरी गरेको भन्दै मिडियालाई समेत सत्य तथ्य लेख्न आग्रह गरे । उनले भने बौद्ध धर्मलम्बीहरुमाथी नै अपमान गर्न खोजिएको भन्दै एकअर्काले भ्रममा पारी आफ्नो एकाधिकार जमाउन खोज्नेहरुबाट सचेत रहन बौद्ध धर्मलम्बी तथा बौद्धवासीहरुलाई अनुरोध गरे । त्यस्तै धार्मिक तथा शान्तिपूर्ण क्षेत्रमा चर्को विरोध प्रर्दशन देखिएपछि जमर्नी एक नागरिकले अतलिएर के भयो भन्दै उनका नेपाली सहयोगीलाई जिज्ञासा राखेका थिए ।
वौद्ध विकास समिति, तामाङ कल्याण गुठी लगायत केही संस्थाहरुको संयुक्त रुपमा संघर्ष समिति बनाएर बौद्ध घ्याङ गुठीका मुख्य पुजारी गुरु भुपति बज्र लामालाई हटाउन माग राख्दै चरित्र हात्य हुने खालको प्लेकार्ड, फोटोहरु प्रर्दशन गर्दै चर्को माईक सिस्टममा भाषण समेत गरेका थिए । सोही गतिविधि देखिएपछि त्यहाँ आउने देश तथा विदेशका भक्तजनहरु समेत अचम्मा मानेका थिए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.