चलचित्र ‘कागजपत्र’को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

माघ १६, काठमाडौं । चलचित्र ‘कागजपत्र’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मायाको संसार’ बोलको सार्वजनिक गीतमा हर्कुलस बस्नेतको शब्द, सङ्गीत तथा स्वर रहेको छ ।

गीतको भिडियो चलचित्रका मुख्य कलाकारहरू नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी र भोलाराज सापकोटा फिचर्ड छन् । अपिल बिस्टको लेखन तथा निर्देशन रहेको चलचित्रमा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको संयुक्त लगानी रहेको छ । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कास्मिर किक्सनको छायाँकन रहेको छ । चलचित्र यहि आँउदो चैत्र ८ गते रिलिज हुने तयारीमा रहेको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.