देशले खेल क्षेत्रमा फड्को मार्दैछः वरिष्ठ नेता पौडेल

माघ १६, दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलकूदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले आज आयोजना गरेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूदमा नेपालले प्राप्त गरेको सफलताले देशको गौरव बढाउन सहयोग पु¥याएको बताउनुभयो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, “खेलकूदको क्षेत्रबाट नेपाल विश्व समुदायमाझ चिनिन सफल भएको छ, यो सकारात्मक हो ।” “खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको दौड प्रतियोगिताले व्यास नगरपालिकालाई समेत परिचित गराउन सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । राष्ट्रिय धावक वैकुण्ठ मानन्धरले खेल क्षेत्रको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन खेलाडीले प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकूदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित वार्षिकरुपमा म्याराथन प्रतियोगिता आयोजना गरिने बताउनुभयो ।

व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको रहको छ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ८०, रु ६० र रु ५० हजार प्रदान गरिनेछ भने सान्त्वना हुने पाँच जनालाई जनही रु १५÷१५ हजार प्रदान गरिनेछ । प्रतियोगितामा १९ जिल्लाका १०४ धावकको सहभागिता रहेको नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.