माघ १६, काठमाडौं । सुनको मुल्यमा बृद्धी कायमै रहेको छ । नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार अघिल्लो कारोबारको तुलनतामा आज सुन तोलामा सात सय रुपैयाँले बढेको हो ।
बुधबार (आज) सुनको मूल्य ६२ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा सुन ६१ हजार ५ सय रुपैयाँ थियो ।
तेजावी सुन भने प्रतितोला ६१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

