माघ १५, काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संस्थापक नेताको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत ल्याइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकारमातहत ल्याउने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ती दुवै अस्पताल आवश्यक मापदण्ड पुरा गरेपछि संघीय सरकारमा ल्याउँदा राम्रो हुने बताए पनि कांग्रेसले नमानेपछि सरकारले यस्तो निर्णय गरेको हो । दुवै अस्पताल विघटनको खेलमा नेकपा अध्यक्ष एवं केपी ओली नेतृत्वको सरकार लागेको भन्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

