सुशासनलाई पहिलो प्राथमिकता दिन निर्देशन

माघ १४, रामेछाप । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सुशासनलाई पहिलो प्राथमिकता दिएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्थलीमा आज कार्यालय प्रमुखहरुसँगको भेटघाट कार्यक्रममा मुख्यमन्त्री पौडेलले सो निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो “सकेसम्म सेवाग्राहीहरुले ठिक ढङ्गले सेवा पाउन भन्ने हाम्रो मुख्य उदेख्य हुन्छ, विना झन्झट, विना दुःख सेवा पायो भने उनीहरुले सरकारको अनुभूति गर्न पाउनेछ ।”
मुख्यमन्त्री पौडेलले जनताले जनप्रतिनिधिबाट धेरै आशा गरेकाले दिर्घकालीन सेवा लिने खालका योजनाको छनौट गरी काम गर्न स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरुलाई समेत निर्देशन दिनुभएको छ । जनप्रतिनिधिले गर्ने कामले प्राप्त हुने प्रतिफलसँग गणना गरेर अगाडि बढ्न उहाँले आग्रह गर्नुुभयो । परिणाम नदिने पैसा मात्र खर्च गर्ने खालका योजना अबका दिनमा पास नहुनेसमेत उहाँले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.