दिपक मनाङेले लिए पद तथा गोपनीयताको सपथ

माघ १४, काठमाडौं । राजीव गुरुङ उर्फ दिपक मनाङेले पद तथा गोपनीयताको सपथ लिएका छन्। मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन्।

सर्वोच्चको आदेशमा थुनामुक्त भएतापनि मुद्धा फैसला नभएको हुँदा सपथग्रहण दिने कि नदिने विषयमा प्रदेशसभामा अन्यौल रहेको थियो। मनाङेले सपथका लागि गत पुस ११ गते निवेदन दिए पनि पुस २२ गते आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उनलाई तत्काल सपथ ग्रहण नगराउने निर्णय गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.