माघ १३, काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिकास्थित नाङ्लेभारेमा ‘सल्ले पाखुरे सिँचाई’ निर्माण गरिने भएको छ । सिँचाई डिभिजन कार्यालयले २ करोड ९६ लाख ६४ हजार रुपैयाँ लागतमा निर्माण आयोजना बनाएको हो ।

सिँचाई आयोजना काठमाडौं क्षेत्र नम्बर २ का प्रदेश सांसद मणिराम फुयालले आइतबार शिलान्यास गर्नुभएको छ । सांसद फुयालले आयोजना शिलान्यास गर्दै नहर बनेपछि किसानहरु व्यवसायिक तरकारी खेतीतिर लाग्नुपर्ने बताउनु भयो । सिंचाई आयोजना सम्पन्न भएपछि त्यसबाट शंखरापुर नगरपालिकाको वडा नम्बर १ (साविक नाङ्लेभारे ४ र ५) मा ८ सय रोपनीमा सिँचाई सुविधा पुग्नेछ । त्यसबाट २ सय ५० परिवार कृषक लाभान्वित हुनेछन् ।

