काठमाडौं ३ का जनप्रतिनिधि खोज्दै स्थानीयहरु

प्रारम्भ खबर ।
माघ १२, काठमाडौं । जनप्रतिनिधि भनेकै जनताको समस्या बुझिदिने एक सामाजिक नेतृत्व हो । जसले लोकतान्त्रिक मान्यताबाट जनताको मत पाएर निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण लगायत मानवीय आधारभूत आवश्यकताको बारेमा चासो लिने र समाधानका बाटो खोज्ने व्यक्ति हुन जनप्रतिनिधि ।

यतिखेर काठमाडौं क्षेत्र ३ का स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाबाट निर्वाचित जनप्रतिनिधि खोज्दै छन् त्यहाँका जनताहरु । त्यो भने वेल्कुलै फरक तरिकाले आफ्नो ठाउँको समस्या राख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत जनप्रतिनिधि खोजी कार्य भईरहेको छ । पानी पर्दा होस या नपरे पनि काठमाडौं ३ अन्र्तगत बौद्ध, जोरपाटी, नाराणटार, गोकर्ण लगायतका सडकमा हुने समस्याका कारण स्थानीय तथा सार्वसाधारण आजित बनिरहेको बेला गोर्कणका एक शिक्षासेवी हरिकृष्ण श्रेष्ठले आफ्नो फेसबुक वालबाट काठमाडौं ३ का सांसद, प्रदेश सांसद, गोकर्णेश्वर नगरपालिकाका मेयर र उपमेयर कता छन ? भन्दै प्रश्न गरेका छन् । सोही प्रश्नमा भने विभिन्न खालको टिकाटिप्पणी समेत भईरहेको छ ।

गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित मेयर चन्तोष चालिसे र काँग्रेसबाटै निर्वाचित उपमेयर शान्ति नेपाल छन् । त्यस्तै प्रतिनिधि सांसदमा नेकपाबाट कृष्ण राई र प्रदेश क मा नेकपाकै रामेश्वर फुयाँल सांसदमा निर्वाचित छन् । विकास समृद्धिको नारा बोकेर सरकार अग्रपक्तिंमा अगडी बढिरहेको बेला काठमाडौं ३ का जनता भने आफैले जिताएका जनप्रतिनिधि खोज्नै हैरान बनिरहेको छ । सामाजिक सञ्जालबाट आफ्नो समस्या पोख्दै विनोद केसी लेख्नुहुन्छ– ‘जोरपाटी गोकर्ण बाटो हिड्नुपर्दा नर्कको बाटो हिडेको महसुस हुन्छ ।’ त्यस्तै राज श्रेष्ठ लेख्छन्– एक त गोकर्णको बाटो साँघुरो अर्को यहाँ घरधनिहरुले बाटोलाई सक्दो च्यापेर पेटीसम्म राखेन । आफ्नो नीजि सम्पत्ति बनाएका छन् ।दुनियाँको कसलाई मतलब ?न त नेता न जनता गतिला छन् ।’

माथी सवारी साधन जाम हुने र बाटोको अवस्था लथालिङग भएको भन्दै पोष्टिएको उक्त स्टाटसले महत्वपूर्ण अर्थ राखेको छ । सडक बाटोको सुधार नहुदाँ सवारी साधनको दुर्घटना हुने र सार्वसाधारण हिड्न समेत मुस्किल भईरहेको छ । अन्य ठाउँको जनप्रतिनिधिहरु निर्वाचित पछि विकास निर्माण र सामाजिक रुपान्तरणका साझा कार्यक्रममा सहभागी हुदाँ आफ्नो क्षेत्रका सांसदहरु भने आफ्नै व्यवसायीलाई प्रथामिकता दिदै आएको भन्दै केही स्थानीयहरु आरोप समेत लगाउँदै आएका छन् । सडक विस्तारका कार्यमा सांसदहरु नै बाध बनेका केही जनप्रतिनिधिहरुले सार्वजनिक कार्यक्रममा बोल्दै आएपनि सांसदहरु भने त्यस विषयमा गम्भीर बनेका छैन् । केही स्थानीयहरु भन्छन् चुनावका बेला आफ्नो पक्षमा मत तान्नाका लागि सडक छेउ घर भएका घरधनीहरुसंग विभिन्न आश्वासन दिएर कार्यान्वयन नगरेका कारण सडक विस्तार कार्यमा ढिलाई भएको आरोप गर्दै आएका छन् ।

जनप्रतिनिधिहरु राजनीतिक स्वार्थ पूरा गर्दै विकास निर्माण कार्यमा अनिर्णयको बन्दि बनाउन खोजेको बन्दै तिब्र आक्रोस पोख्दै आएका छन् । गोकर्णेश्वर नगरपालिकाका मेयरले पनि नगरका फोहोर व्यवस्थापनका लागि आधुनिक मेसिन ल्याईसकेको र गत आर्थिक वर्ष सक्नु अघि नै नगरमा सञ्चालनमा ल्याउने भन्दै सार्वजनिक रुपमा बोल्दै आएपनि त्यसको आकार समेत देख्न नपाएको स्थानीयहरुको गुणासो छ । काठमाडौं ३ का सांसदहरु, मेयर, उपमेयरलाई जनताले खाज्नु पर्ने अवस्था आउँदा विकासको गति कसरी अगाडी बढिरहेका छन् भन्ने कुराको आंकलन त सबैले सजिलै गर्न सकिन्छ । कम्पनी उद्घाटनदेखि चाडपर्वको उत्सावमा भाषण गर्न रमाउने जनप्रतिनिधिहरु विकास निर्माणमा गम्भीर हुन चाँही किन रमाएनन् ? सबैको प्रश्न बनेको छ !

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.