धनुषा घटनाप्रति राजपाको समवेदना

माघ १२, धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) ले धनुषामा शुक्रबार भएकोे बस दुर्घटनामा परी छ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले आज शोक विज्ञप्ति जारी गरी मृत्तात्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको हो । साथै, राजपाले घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना तथा मृतक परिवारलाई उचित क्षतिपूति र घाइतेको उपचार खर्चका लागि सङ्घीय सरकारसँग माग गरेको छ ।

सिन्धुलीको दुधौलीबाट जन्ती लिएर फर्कदै गर्दा धनुषाको सवैला नगरपालिका–४ स्थित कोठीमा बल्टीया भन्ने ठाउँमा बसमा करेन्ट लागेर छ जनाएको मृत्यु हुनका साथै केही सङ्ख्यामा घाइते भएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.