अज्ञात रोगका कारण खसी, बोका र बाख्रा मर्न थाले

माघ १२, गाईघाट । उदयपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर ६,४ र ७ मा एक हप्तादेखि आज्ञात रोगका कारण कृषकको थु्रप्रै खसी, बोका र बाख्रा मरेका छन् ।

बेलका–८ मा मात्र एक हप्ताभित्र डेढ दर्जनभन्दा बढी खसीबोका र बाख्रा मरिसकेको स्थानीयवासी राजकुमार मगरले बताउनुभयो । यस्तै वडा नम्बर ४ र ७ मा समेत खसीबाख्रा बिरामी हुने र मर्नेक्रम बढेको वडा नम्बर ४ का ध्रुव कार्कीले बताउनुभयो । अहिले रोगको प्रकोप फैलिँदै गएपछि नगरपालिकाले उपचारमा पशु चिकित्सक परिचालन गरे पनि रोग नियन्त्रणमा नआएको नगरप्रमुख दुर्गाकुमार थापाले बताउनुभयो ।

कुन रोग लागेको हो भन्ने कुरा अहिले विशेषज्ञले अनुसन्धान शुरु गरे पनि रोग पत्ता लागि नसकेको जानकारी दिँदै उहाँले अहिले फैलिएको रोगको लक्षणमा खसीबाख्राको नाकबाट पातलो सिङ्गान आउने, स्वासप्रश्वासमा समस्या हुने, घाँस खान समस्या हुने र मर्ने गरेको बताउनुभयो । यता रोग फैलिँदै जान थालेका कारण अन्य कृषक भने आफ्ना पनि खसीबाख्रा बिरामी भएर मर्ने डरले चिन्तित भएको वडा नं.४ का भवीन्द्र राईले बताउनुभयो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.