संसदीय अभ्यास विपरीत विद्येयक पारित गरियोः नेता सिंह

माघ १२, काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विद्येयक पारित गरेको बताउनुभएको छ ।

किङ्ग कम स्पोर्टस् क्लबले आज यहाँ आयोजना गरेको ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै उहाँले संसद् विपक्षीको पनि भएको भन्दै संसदीय व्यवस्थाअनुसार सभामुखले निष्पक्ष रुपमा सबैलाई आफ्नो रायसुझाव राख्ने अवसर दिनुपर्ने विचार राख्नुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले काङ्ग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई स्वीकृति नदिनु राजनीति पूर्वाग्रह भएको बताउनुभयो ।

एघार सङ्घ संस्थालाई स्वीकृतिको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदा गणतन्त्र स्थापना र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने दुई पूर्वप्रधानमन्त्रीको नाममा स्थापित अस्पताललाई स्वीकृत नदिएर सरकारले ठूलो गल्ती गरेको उहाँको भनाइ थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.