इण्डोनेशियामा बाढी र पहिरोबाट ५९ जनाको मृत्यु

माघ ११, जकर्ता । इण्डोनेशियामा विहीबारदेखि आएको बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । शुक्रबार इण्डोनेशियाको सरकारले जनाए अनुसार सुलाबेसी क्षेत्रमा आएको बाढीले हजारौं मानिस घर छोडेर हिँडेका छन् ।

‘‘मैले यति धेरै अप्ठेरो अवस्था पहिला देखेको थिइन्,’’ दक्षिण सुलाबेसी क्षति प्रतिरक्षा एजेन्सीका एक कर्मचारीले बताए । उनका अनुसार अझै २५ जना मानिस हराइरहेका छन् । भीषण पानी आएपछि नदीहरुले ठाउँ छोड्दा बाढी आएको हो । बाढीबाट दक्षिणी सुलाबेसीका ११ जिल्ला प्रभावित भएका छन् । प्रान्तीय राजधानी मकासारपनि बाढीबाट प्रभावित भएको छ ।

गोवा जिल्लामा सबैभन्दा बढी मानिस प्रभावित भएको जनाइएको छ । त्यहाँ मात्रै ४४ जना मानिस मारिएका छन् । ३ हजार ४ सय मानिसलाई त्यहाँबाट उद्धार गरी विद्यालय, मस्जिद र पालहरुमा राखिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.