संविधान अनुकूलका कानून निर्माणमा तीव्रता

माघ १०, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपालको संविधान अनुकूल बनाउनुपर्ने कानून तीव्र रुपमा निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

सङ्घीय संसद्को प्रतिनिधिसभाअन्तर्गत कानून, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा उहाँले संविधान अनुकूल बनाउनुपर्ने कानून समितिमा वृहत छलफल गरी विधेयक तत्काल अघि बढाइ कानूनको निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि छलफल प्रारम्भ भएको हो । बैठकमा विधेयकमाथिको छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिव अनिवार्य उपस्थिति हुन भनिएको छ । बैठकमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सात, गृहमन्त्रालयका सात, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका पाँच, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १२, उर्जा मन्त्रालयका दुई र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक विधेयकका बारेमा छलफल शुरु भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.