काभ्रेका दुई गाउँपालिकाद्वारा ३ दिनसम्म ल्होछार सार्वजनिक बिदाको घोषणा

माघ १०, काभ्रे । तामाङ समुदायको महान पर्व २८५५ औं सोनाम ल्होछार ( (सुगुर) वर्षको अवसरमा माघ २१ देखि २३ गतेसम्म सार्वजनिक बिदाको घोषणा गरेको भन्दै काभ्रेका दुई गाउँपालिकाका अध्यक्ष तथा जनप्रतिनिधिलाई नेपाल तामाङ युवा घेदुङद्वारा धन्यवाद ज्ञापनपत्र तथा सम्मान गरिएको छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामा (डिबी) र तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं लामालाई कार्यालयमै पुगेर तामाङ युवा घेदुङका केन्द्रिय उपाध्यक्ष बिलाम मुक्तान लगायतका टोलीले धन्यवाद ज्ञापनपत्र दिएका हुन । केन्द्रिय सरकारले चाडपर्वको विदा कटौती गरेको बेला स्थानीय तहमा सोनाम ल्होछार पर्वलाई लक्षित गरी ३ दिन विदा दिएकोमा खुसी व्यक्त गर्दै नेपाल तामाङ युवा घेदुङका केन्द्रिय उपाध्यक्षले रोशी र तेमाल गाउँपालिकालाई बधाईको पात्र समेत बनेको बताएका छन् ।

पहिलो पटक स्थानीय सरकारको अधिकार प्रयोग गर्दै त्यस क्षेत्रमा रहेको जनसंख्याको आधारमा तामाङको बहुल्यता रहेको कारण ल्होछारलाई भव्यताका साथ मनाउन ३ दिन सार्वजनिक विदा दिएको गाउँपालिकाले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.