माघ १०, सिउल । उत्तर कोरियाका नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्र पाएपछि निकै खुसी भएका छन् । उत्तर कोरियाली सञ्चार माध्यमले जनाए अनुसार उनले त्यसरी खुसी प्रकट गरेका हुन् ।
उनले आफ्ना एक दूतलाई गएको हप्ता अमेरिका पठाएका थिए । ती दूतले राष्ट्रपति ट्रम्पलाई करिब ९० मिनेट भेटेको बताइएको छ । दोस्रो चरणको शिखर सम्मेलनको तयारी स्वरुप विभिन्न तहमा दुई मुलुकबीच संवाद अघि बढेको हो । अघिल्लो वर्षको जुन १२का दिन सिंगापुरमा दुई मुलुकबीच पहिलो शिखर सम्मेलन भएको थियो । किमका सहयोगीका अनुसार पत्र पाएपछि किमले आफूले अमेरिकी राष्ट्रपति ट्रम्पको सकारात्मक हिसाबले सोच्ने बानीमा विश्वास गरेको जनाएका छन् । –बीबीसी

