काँग्रेसको अवरोधपछि पेस भएन चिकित्सा शिक्षा विधेयक

माघ ८, काठमाडौं ।  कांग्रेसको लगातार अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

आजै कांग्रेसले दुई पटक बैठक अवरुद्ध पारेको थियो। अर्को बैठक आउँदो ११ गते दिउँसो १ बजे बस्नेछ। सभामुख कृष्णबहादुर महराले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव जबर्जस्ती पेस गर्न अनुमति दिएपछि कांग्रेस सांसदहरुले बैठक अवरुद्ध पारेका थिए।

सभामुखको अनुमतिपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेल रोस्टममा जान खोजेपछि कांग्रेस सांसदहरुले घेरेर उनलाई जान दिएनन्। कांग्रेसको लगातार विरोध गरेपछि सूचना टाँस गरी बैठक स्थगित गरिएको हो। अनसनरत डा गोविन्द केसीसँग भएको सहमति पालना लगायत अन्य माग राख्दै कांग्रेसले दोस्रो दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो। कांग्रेस नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल प्रदेश अन्तर्गत लगेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.