रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्थायी शिक्षकको सरकारलाई दवाव

माघ ८, काठमाडौं । अस्थायी र करारमा कार्यरत शिक्षकहरुले आफूहरुको रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै सरकारलाई दवाव दिन सुरु गरेका छन ।

अस्थायी, करार शिक्षक संघर्ष समितिले मंगलबार भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएर आफूहरुको रोजगारीको ग्यारेन्टी गर्न सरकारलाई दवाव दिन सुरु गरेका हुन । रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न माग गर्दै सरकारलाई दवाव दिन सम्बन्धित निकायमा पुनः धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गरिएको संघर्ष समितिका संयोजक हेमनाथ चौंलागाईले जानकारी दिए ।

संघर्ष समितिले विगतमा गरिएको सहमति अनुसार आफूहरुलाई आन्तरिक परीक्षाबाटै स्थायी गराउने व्यवस्था गर्न पटकपटक सो परीक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । अस्थायी तथा करारमा रहेका शिक्षकहरुले आफूहरुलाई स्थायी गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पटक पटक ज्ञापन पत्र बुझाएका छन । फेरि एक पटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेर माग सम्बोधन गराउन आग्रह गर्ने उनीहरुको योजना छ । आफूहरुको माग सम्बोधन नभएसम्म सम्बन्धित निकायमा धर्नालगायतका आन्दोलनको कार्यक्रम जारी राख्ने संघर्ष समितिका संयोजक चौंलागाईको भनाई छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.