भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधन गर्नुपर्छः सभामुख महरा

माघ ८, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधन गर्न ब्रिटिस सरकारसँग पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

सभामुख महराले ब्रिटेनमा ठूलो त्याग र बलिदानीपूर्ण संघर्ष गरी रगत, पसिना बगाएका भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न ब्रिटिस सरकारले आनकानी गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गनरे । मंगलबार भूतपूर्व ब्रिटिस गोर्खा सैनिक कल्याणकारी समिति, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले आर्जेको सम्पत्ति राष्ट्र निर्माणमा सदुपयोग गर्ने व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले आर्जेको सम्पत्ति पलायन हुन नदिन सरकार आफैले पहल गर्नुपर्ने सभामुख महराको भनाई छ ।सभामुख महराले संविधान र कानुनको परिधि भित्र रहेर भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुलाई नागरिकको उचित व्यवस्था गर्न आफूले पहल गर्ने आश्वासन पनि दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.