पमाघ ७, काठमाडौं । कलाकार गणेश मुनालको निधन भएको छ । चावहिल काठमाडौंका स्थानीय मुनालको उपचारका क्रममा सोमबार बिहान वीर अस्पतालमा निधन भएको हो ।
दर्जनौं चलचित्र तथा नाटकमा अभिनय गरेका मुनालले लामो समय हास्य व्यङग्य टेली श्रृंखला ‘तीतो सत्य’मा पनि अभिनय गरेका थिए । “करिब ६ महिना पहिला मेरो टेली चलचित्र १०–५ मा पनि उहाँलाई मैले अभिनय गराएको थिएँ,” कलाकार तथा चलचित्र निर्माता निर्मल शर्माले भने, “निकै सरल, शान्त र मृदृ भाषी गणेश दाइ नसानसामा अभिनय बगाउने कलाकार हुनुहुन्थ्यो ।” हिन्दू परम्परा अनुसार मुनालको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिँदैछ ।

