माघ ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट कमाएको रकम भुक्तानी पाएको १५ दिनभित्र नेपाल ल्याइसक्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले एक निर्देशन जारी गर्दै ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, कार्गो कुरियर एजेन्ट, होटललगायतका संस्थाले विदेशबाट रिपाट्रिएसन लिनुपर्ने रकम विदेशी मुद्रा कारोबार भएको १५ दिनभित्र नेपाल ल्याइसक्नपर्ने बताएको हो । यो व्यवस्था राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था हो । राष्ट्र बैंकका अनुसार यससम्बन्धि विवरण हरेक त्रैमास समाप्त भएको १५ दिनभित्र नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागमा पठाउनु पर्नेछ ।
यसैगरी राष्ट्र बैंकले शिक्षा, आप्रवासन, स्वास्थ्य लगायतका प्रयोजनका लागि अमेरिकी डलर ५ हजारभन्दा बढिको परिवत्र्य विदेशी मुद्रा (डलर) माग गर्ने नेपालीसँग अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था गरेको छ । यस्तो स्थायी लेखा नम्बर सटही सुविधा माग गर्ने व्यक्ति वा निजको एकाघर परिवारका सदस्यमध्ये आमा वा बुबा कुनै एक जनाले पेश गरेमा समेत सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

