पाइपलाइनमा भएको आगलागीबाट ७१ जनाको मृत्यु

माघ ६, मेक्सिको । मेक्सिकोको हिडाल्गो प्रान्तमा शुक्रबार साँझ भएको तेल पाइपलाइनमा भएको आगलागी र विस्फोटमा ७१ जनाको मृत्यु भएको छ । उक्त घटनामा दर्जनौं व्यक्ति घाइते भएका बीबीसीले जनाएको छ ।

तेल चोर्ने समूहले बीच बाटोमा पाइप फुटाएर पेट्रोलियम पदार्थ चोर्दा भएको आगलागीले सो घटना भएको बताइएको छ । सञ्चार माध्यमहरुमा आगलागीमा परेका व्यक्तीहरु भाग्दै गरेको दृश्य देखाइएको थियो । मेक्सिकोमा बारम्बार पाइपबाट तेल चोर्ने गतिविधि हुँदा यस्ता दुर्घटना दोहोरिने गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.