मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

माघ ५, अछाम । अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कमलबजार नगरपालिका–२ बस्ने खड्ग विष्टले चलाएको से ४ प ९१३८ नंको मोटरसाइकलको ठक्करबाट वडा नं १ बस्ने दानबहादुर माझीकी साढे दुई वर्षीया छोरी तुलसी माझीको मृत्यु भएको हो ।

शुक्रबार बेलुका पौने ४ बजे मोटरसाइकलको ठक्करबाट घाइते भएकी तुलसीको उपचारको क्रममा राति ९ बजे बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.